राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज त्यस तर्फ प्रस्थान गरेकी छन् । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८ औँ चीन – दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घिमिरे चीन प्रस्थान गरेकी हुन् ।
उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल इष्टर्न चाईना एयरलाइन्सको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन् ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले जुलाई २३ मा हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल २५ जुलाईमा नेपाल फर्कने तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण