एयर इन्डियाद्वारा उडान ३० घन्टा ढिलो भएपछि यात्रुहरूलाई पूर्ण भाडा फिर्ता
नयाँ दिल्ली । सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ ।
एयर इन्डियाको पत्रमा भनिएको छ, “कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं । विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताको लागि धन्यवाद ।”
यात्रुलाई छिटोभन्दा छिटो सान फ्रान्सिस्को पुग्ने व्यवस्था गर्नु आफ्नो प्राथमिकता रहेको र यसका लागि सम्बन्धित निकायसँगको सहकार्यमा राहत उडान पठाएको पनि एयरलाइन्सले जनाएको छ ।
पत्रमा भनिएको छ, “हामीले तपाईंले भोग्नुभएको अनुभवलाई मेटाउन सक्दैनौँ, हाम्रो इमानदार पश्चात्ताप व्यक्त गर्नको लागि, हामी तपाईंको यात्राको भाडा पूर्ण रूपमा फिर्ता गर्नेछौँ ।”
नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडान प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको करिब ३० घण्टापछि अमेरिकी सहरको विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।
नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोको लागि सञ्चालन हुने उडानलाई जुलाई १८ मा प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको थियो ।
एयर इन्डियाले शनिबार एल–११७९ उडान सान फ्रान्सिस्कोमा सुरक्षित रूपमा पुगेको जनाएको छ । एयर इन्डियाको केजेएमा कर्मचारी नभएकोले यात्रुहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन तेस्रो पक्षमार्फत सहयोग व्यवस्था गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नयाँ योजना : भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई १० वर्षे बीमा सुरक्षा कार्यक्रम
-
पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु
-
सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
-
व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
-
ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
-
मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण