सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
सारांश
- गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुमबासीहरू राखिएको दुई वटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन्।
- अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुमबासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मागेका छन्।
- सुकुमबासी परिवारले बालबच्चाको शिक्षादीक्षा र उपचारमा असहजता रहेको गुनासो गरेपछि गृहमन्त्रीले प्रहरी टोली खटाउन निर्देशन दिएका छन्।
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुमबासीहरू राखिएको दुई वटा होल्डिङ सेन्टरको आकस्मिक बिहीबार अवलोकन गरेका छन्।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुमबासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी समेत मागेका छन् ।
आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुमबासी बस्ती हटाइएको भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनले स्पष्ट पारे।
व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्दै गृहमन्त्री गुरुङले भने, "सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ।"
सो क्रममा सुकुमबासी परिवारले गृहमन्त्री समक्ष आफ्ना पीडा र गुनासाहरू राखेका थिए। हाल बस्न र खान सहज भए तापनि बालबच्चाको शिक्षादीक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरहरू समेत नआएको उनीहरूले गुनासो गरे।
पीडितहरूको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिनुभएको छ। होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउनासाथ प्रहरीले तुरुन्तै उद्धार (रेस्क्यु) गरी अस्पताल पुर्याउने व्यवस्था मिलाउन उनले निर्देशन दिए।
गृहमन्त्री आफैँ भेट्न आएपछि पीडित सुकुमबासी परिवारमा नयाँ आशा जागेको छ। अब गृहमन्त्री गुरुङले आफ्नो जग्गा र स्थायी बसोबासको व्यवस्थापन गरिदिनेमा उनीहरू निकै आशावादी देखिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि, १५ विधाका खेलमा प्रतिस्पर्धा हुने
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण