आज यी जिल्लाका नदीमा बाढीको जोखिम
काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेकोले खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीमा पनि जलसतह बढ्दो हुनेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत बढ्दो हुने महाशाखाको अनुमान छ ।
आज सङ्खुवासभा, कास्की, लमजुङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, अछाम, डोटी, बैतडी, डडेलधुरा र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ ।
यस्तै, सोलुखुम्बु, सिन्धुली, उदयपुर, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवा, गोरखा, चितवन, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, कालीकोट र दार्चुला भई बहने अधिकांश साना नदीमा समेत बहाव बढ्ने महाशाखाको अनुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण