एमालेले भन्यो– हामीलाई यस्तो उपसभामुख चाहिएको छैन
काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा रानाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रस्ट पारेको आरोप लगाउँदै यस प्रकारको उपसभामुख नचाहिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संवैधानिक परिषद्को यस्तो सदस्य नचाहिएको उल्लेख गरे ।
उनले भने– ‘देशको चौथो दल हौँ, युवा हौँ, पुरानाले गरेनन् भनेर अङ्ग्रेजीमा भाषण छाँट्ने र तथ्य ल्याएर यहाँ बजार्नेहरूको विज्ञप्ति पढियो, लेनदेन छ भन्ने उहाँहरूको विज्ञप्तिमा आयो । कसको लेनदेन छ रु यो कुरा चाहियो । हामीलाई यस्तो उपसभामुख चाहिएको होइन, यस्तो संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले मान्छेलाई अनेक नाउमा लेटर प्याडको प्रयोग गरेर, अनेक गरेर मान्छे बेच्ने ? उहाँलाई करुणा जाग्यो । इजरायलमा मान्छे मर्दा, इराकमा मान्छे मर्दा विज्ञप्ति आयो ?’
उनले आफूले ४० वर्ष राजनीतिक गरेर आएको बताउँदै उपसभामुख जस्ता धेरैलाई नेता बनाएर आएको बताए । उनले छानबिन माग गर्दै संसद्ले उपसभामुखलाई नछोड्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण