एस ईभीका दुई नयाँ भेरियन्टहरू सार्वजनिक
काठमाडौँ । टाटा मोटर्सले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् एस ईभीका दुई नयाँ भेरियन्टहरू – Ace EV CLB र Ace EV Flat Bed नेपाली बजारमा सार्वजनिक गरेको छ। Tata Ace EV कन्टेनर भेरियन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएको कम्पनीले जनाएको छ ।
सार्वजनिक कार्यक्रममा टाटा मोटर्स कमर्शियल भेहिकलका इन्टरनेशनल बिजनेस हेड अनुराग मेहरोत्राले भने, "२०२३ मा लन्च भएदेखि, Ace EV ले भरपर्दो र प्रभावकारी समाधानहरू प्रदान गरेको छ, जसले व्यवसायहरूलाई देशव्यापी रुपमा सशक्त बनाएको छ। Ace EV CLB र Ace EV Flat Bed ले Ace परिवारलाई थप विस्तार गर्दै ग्राहकहरुको कार्य अनुरुप परिमार्जनको विकल्प प्रदान गर्नेछ। नेपालमा शून्य-उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने हाम्रो यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्दछ साथै हामी विश्वस्त छौं, सिप्रदी ट्रेडिङ्ग प्रा लि को बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्नेछ |”
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको सहकार्यमा Ace EV CLB र FlatBed, ग्राहकहरू माझ प्रस्तुत गर्न पाउँदा धेरै खुसी लागेको बताए ।
हाल, Ace EV कन्टेनरको रु 22.99 लाख , Ace EV CLB को मूल्य रु 22.79 लाख, र Ace EV FlatBed को NPR 21.99 लाख तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण