उपसभामुखको पत्र विवादमा रास्वपाका नेताको तर्क लज्जास्पद: रञ्जु दर्शना
काठमाडौँ । विवेकशील साझाकी महासचिव रञ्जु दर्शनाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्र विवादमा रास्वपाका नेताहरूले गरेको तर्क लज्जास्पद भएको टिप्पणी गरेकी छन् ।
‘सम्माननीय उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसा अन्तरवार्ता डेटको प्रिबुकिङ गर्न आफ्नो समेत अरूहरूको पनि नाम किटान गरेर पत्र पठाउनु भएको कुरा सरासर गलत हो’, रञ्जु दर्शनाले सोमबार सामाजिक सञ्जाल एक्समा भनेकी छन्, ‘पहिलाका नेताहरूले पनि त गरेका थिए, किन केहि नबोल्या भन्ने तर्क झन लज्जास्पद हो। किनभने पुराना ठिक भएनन् भनेरै नयाँ आको होइन र ?’
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद सुमना श्रेष्ठले रानाको बचाउ गर्दै तर्क गरेपछि दर्शनाले यस्तो बताएकी हुन् । यस्तै रास्वपाका अन्य नेताहरु पनि बचाउमा उत्रिएका छन् ।
रास्वपाले राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरूलाई महत्त्वपूर्ण पदभार सम्हाल्न पठाएको तर केही नसिकाएको उनको भनाइ छ । जसको फलस्वरुपः एकपछि अर्को यस्तै किसिमका घटना देखिन सक्ने दर्शनाको टिप्पणी छ ।
‘व्यक्तिलाई नेता बनाउने लामो प्रक्रिया अनि बाटो हो। रास्वपाले युद्ध मैदानमा बिना हतियार योद्धाहरूलाई पठाउन हुन्न’, उनको भनाइ छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उपसभामुखको पत्रका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच वादविवाद भएको थियो । उपसभामुखले आफूले गलत नगरेको दाबी गर्दै आएपनि सत्तापक्षका सांसदले उपसभामुखमाथि छानबिनको माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण