मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : सांसद पुन
सोमबार, ०७ साउन २०८१, १७ : ५०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पुनले निजी क्षेत्रले सङ्कुचनको महसुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् । उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अप्ठ्याराहरूलाई फुकाउनुपर्ने बताए । उनले लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए ।
सांसद पुनले मौद्रिक नीति सरकारले लिएको वित्तीय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहन बस्नेतको सांसद पद निलम्बन
-
स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
-
क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा
-
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह
-
बेनफिकाका स्पेनिस खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड