‘स्नातकोत्तर गरेकी छु, तर मन्त्रीका लागि योग्य भइनँ !’
काठमाडौँ । प्रतिनिधि सभा सदस्य सुशिला थिङले संविधानअनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने हो भनेर प्रश्न गरेकी हुन् ।
‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्’, उनले भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’
उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् । ‘हामीलाई कहिले समान बनाउने हो ? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो’, सांसद थिङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण