लुम्बिनी प्रदेशमा सम्भावित मन्त्रीको सूचीमा को–को ?
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएसँगै नेपाली कांग्रेस र नेकपा एमालेभित्र मन्त्री छनोटको गृहकार्य भइरहेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले बुधबार बिहान मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई शपथ ग्रहण गराउने योजना अनुसार अहिले कांग्रेस र एमालेका नेताहरू मन्त्री छान्न व्यस्त छन् ।
मन्त्रीका आकाङ्क्षी सांसदहरूले पनि पार्टीभित्र आन्तरिक लविङ तीव्र पारेका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रदेशमा मन्त्री बनाउने विषयमा केन्द्रीय सभापति शेरबहादुर देउवासँग छलफल गर्न काठमाडौँ पुगेका छन् ।
एमालेबाट मुख्यमन्त्रीमा बनेका चेतनारायण आचार्यले पार्टीभित्रबाट को–को लाई मन्त्री मण्डलमा लैजाने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको बताए । उनले अझै निर्णय नभएकाले भोलि बिहान शपथ ग्रहण गर्नुभन्दा अगाडि सूची सार्वजनिक गर्ने बताए ।
मन्त्री बन्ने सम्भावित सूचीमा को–को ?
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहने छन् ।
कांग्रेस, एमालेबिच भएको सहमति अनुसार एमालेले मुख्यमन्त्रीसहित ६ मन्त्रालय र कांग्रेसले ६ वटा मन्त्रालय पाउनेछ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले साना दलहरूलाई सरकारमा ल्याउने विषयमा पनि छलफल चलिरहेकाले कांग्रेस र एमालेले पाउने मन्त्रालय कटौती गरेर साना दललाई दिने योजना रहेको खुलाए ।
कांग्रेसभित्र सचेतक जन्मजय तिमसेना, धनेन्द्र कार्की, राजु खनाल, अब्दुल रज्जाक, निमा गिरी, जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, देवी चौधरी, सरोज थापा (रोज राणा), बसिउद्दिन खाँन, भुवनेश्वर चौधरी, वीरबहादुर राना, अनुराग खड्काले मन्त्री बन्ने आकाङ्क्षाका साथ लविङ गरेका छन् ।
यीमध्ये राजु खनाल, बसिउद्दिन खाँन, सरोज थापा (रोज राणा), वीरबहादुर राना यसअघि पनि मन्त्री भएका हुन् । यस्तै अब्दुल रज्जाक यसअघि सङ्घीय सांसद तथा पूर्वखानेपानी राज्यमन्त्री हुन् ।
पार्टीले सङ्घबाट प्रदेशमा झारेपछि उनलाई सरकारमा जाने अवसर दिएको छैन । त्यस कारणले अहिले रज्जाक मन्त्री बन्नसक्ने सम्भावना रहेको कांग्रेस सांसदहरू बताउँछन् ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको १७ प्रत्यक्ष र १० समानुपातिक गरी २७ सांसद छन् ।
एमालेभित्र पनि सम्भावित मन्त्रीहरूको सूची लामो छ । एमालेमा यसअघि मन्त्री बनेकामध्येबाटै धेरैलाई दोहो¥याउने सम्भावना रहेको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।
अहिले एमालेबाट मन्त्री बन्ने सम्भावना रहेकाको सूचीमा विष्णु पन्थी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, खेम सारु, तुलसी प्रसाद चौधरी, बसन्ती न्यौपाने लगायत छन् । लुम्बिनी प्रदेशमा एमालेका १८ प्रत्यक्ष र ११ समानुपातिक गरी २९ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण