पूर्वराज्यमन्त्रीको हत्या अनुसन्धानमा सीआईबीको टोली घटनास्थलमा
मङ्गलबार, ०८ साउन २०८१, १५ : ५५
काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोली परिचालन गरिएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै हत्या अनुसन्धानमा सीआईबीको टोली परिचालन गरिएको बताए ।
इन्स्पेक्टरको कमान्डमा दुई जनालाई घटनास्थलमा पठाइएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुर स्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् । हत्याबारे अनुसन्धान गर्न प्रहरीले १५ जनासँग सोधपुछ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरू र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण