चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्छ : सांसद पाण्डे
_gIl10xylS0.jpg)
काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मेडिकल शिक्षा स्वादेशमै पढ्न पाउने गरी व्यवस्था मिलाउनका लागि सो ऐन संशोधन गर्नुपर्ने बताएका हुन् ।
सो व्यवस्था नहुँदा ४ हजार विद्यार्थी बंगलादेशमा जना बाध्यता रहेको उनले बताए । उनका अनुसार सो ऐन अनुसार २०७५ साल यता काठमाडौँ उपत्यकामा एउटा पनि मेडिकल कलेज सञ्चालन गर्न सकिएको छैन ।
अघिल्लो वर्ष ७३ वटा नर्सिङ कलेज बन्द भएकाले ३२ सय नेपाली युवती नर्सिङ शिक्षाबाट वञ्चित भएको उनले बताए । मेडिकल शिक्षाका लागि ३ खर्ब रुपैयाँ खर्च भएको उनको भनाइ छ । सो चिकित्सा शिक्षा आयोग ऐन अनुसार काठमाडौँ उपत्यकामा १० वर्षसम्म कलेज सम्बन्धन दिन नहुने र एउटै विश्व विद्यालयले ५ वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने विषयलाई संशोधन गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कर्णालीमा बजेट प्रस्तुत हुनुअघिको किचलो साम्य भएको हो ?
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष