चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्छ : सांसद पाण्डे
काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मेडिकल शिक्षा स्वादेशमै पढ्न पाउने गरी व्यवस्था मिलाउनका लागि सो ऐन संशोधन गर्नुपर्ने बताएका हुन् ।
सो व्यवस्था नहुँदा ४ हजार विद्यार्थी बंगलादेशमा जना बाध्यता रहेको उनले बताए । उनका अनुसार सो ऐन अनुसार २०७५ साल यता काठमाडौँ उपत्यकामा एउटा पनि मेडिकल कलेज सञ्चालन गर्न सकिएको छैन ।
अघिल्लो वर्ष ७३ वटा नर्सिङ कलेज बन्द भएकाले ३२ सय नेपाली युवती नर्सिङ शिक्षाबाट वञ्चित भएको उनले बताए । मेडिकल शिक्षाका लागि ३ खर्ब रुपैयाँ खर्च भएको उनको भनाइ छ । सो चिकित्सा शिक्षा आयोग ऐन अनुसार काठमाडौँ उपत्यकामा १० वर्षसम्म कलेज सम्बन्धन दिन नहुने र एउटै विश्व विद्यालयले ५ वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने विषयलाई संशोधन गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण