सेवा निवृत्तिको उमेर हद बढाउँदै चीन
बेइजिङ । चीनले सेवा निवृत्तिको उमेर हद बढाउने भएको छ । वृद्ध जनसङ्ख्या बढ्दै गएर पेन्सनको भार थुपिँ्रदै गएपछि सेवा निवृत्त हुने वैधानिक उमेर आगामी ५ वर्षभित्र बढाउन लागिएको हो ।
चीनको औसत आयु ७८ वर्षमाथि पुगेको छ । तर चीनमा सेवा निवृत्तिको उमेर विश्वमै सबैभन्दा कममा पर्छ । त्यहाँ पुरुषहरू ६० वर्ष र महिला ५५ वर्षमा सेवा निवृत्त हुन्छन् । गएको हप्ता कम्युनिस्ट पार्टीको शीर्षस्तरको बैठकमा श्रृङ्खलावद्ध उपायहरू अपनाइएको थियो ।
सेवा निवृत्तिको उमेर वृद्धि पनि यसैको हिस्सा हो । कार्यबलमा स्वैच्छिक सहभागितामा उपर्युक्त लचकता अपनाइने बताइएको छ । सेवा निवृत्तिको उमेर हद विवेकपूर्ण र व्यवस्थित तवरले बढाउने पार्टीको केन्द्रीय समितिले भनेको छ । यो उमेर कति वर्षले बढाइन्छ र वृद्धि कहिलेदेखि लागू हुन्छ भन्नेबारे केही पनि खुलाइएको छैन ।
तर सन् २०२३ को अन्त्यमा सार्वजनिक गरिएको चीनको पेन्सन विकास रिपोर्टले समायोजनपछि सेवा निवृत्तिको अन्तिम उमेर हद ६५ वर्ष हुन सक्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ
-
एसियाली बजारमा आज तेलको मूल्य १ प्रतिशतले बढ्याे
-
दरबारदेखि रानीकुवासम्मः इतिहास, जनश्रुति र संरक्षणको मौन साक्षी
-
इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण