नौ सय वर्ष पुरानो बहुमूल्य मूर्ति बिक्री गर्ने तीनजना पक्राउ
काठमाडौँ । नौ सय वर्ष पुरानो बहुमूल्य धातुको मुर्ति लगायतका पुराना चिज बस्तुहरु विक्री वितरण कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् ।
काठमाडौँको दरबारमार्गमा क्युरियो पसल खोलेर ७० वर्ष अघिदेखि मुर्तिजन्य चिजवस्तुहरु बिक्री वितरण गर्दै आएका ललितपुरका दिपक रत्न शाक्य, नक्सालका सुगतरत्न शाक्य र ललितपुर बस्ने शिशिर शाक्यलाई नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशक (डिआईजी) पुष्कर कार्कीले बताएका छन् ।
दरबारमार्गस्थित क्युरीयो आर्टबाट १२ औं र १३ औं शताब्दीका करिब ९ सय वर्ष पुरानो भन्दै करोडौँ मुल्यमा धातुजन्य मुर्तिहरु विक्री वितरण हुने गरेको पाईएको छ ।
पुरातत्व विभागको स्वीकृति बिना बिक्री वितरण गर्न नपाइने भएपनि ७० लाखदेखी १ करोड बढी मूल्यमा त्यस्ता मुर्तीहरु पुरानालाई नयाँजस्तो र नयाँलाई पुरानो जस्ता बनाएर नियामक निकायको आँखा छलेर बिक्री कार्य हुने गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट ब्युरोले २४ थान बुद्ध तथा अन्य मुर्ति, धातुबाट बनेको प्रतिमा लगायतका अन्य पाताहरु १८ थान, पुराना बीचमा प्वाल भएका १०१ थान सिक्काहरु बरादम गरेको छ ।
अभियुक्तहरु माथि काठमाडौँ जिल्ला अदालतबाट प्राचिन स्मारक संरक्षण ऐन २०१३ बमोजिम म्याद लिएर अनुसन्धान थप अनुसन्धान भइरहेको डिआईजी पुष्कर कार्किले बताएका छन् ।
नेपालबाट विक्री हुने गरेको त्यस्ता बहुमुल्य मुर्तीहरु कार्गो मार्फत विदेश पठाइने गरेको पाईएको छ ।
कत्तिपय नेपाली मुर्तिहरु अमेरिकाको रोविन्स म्युजियमा समेत बिक्री हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण