शफालीको विस्फोटक ब्याटिङ, नेपालसामु १ सय ७९ रनको लक्ष्य
काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा बलियो टेस्ट राष्ट्र भारतले नेपाललाई जितका लागि एक सय ७९ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ७८ रन बनाएको हो ।
भारतका लागि ओपनर शफाली बर्माले ८१ रनको योगदान गरिन् । उनले केवल ४८ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काइन् । अर्की ओपनर दयालन हेमालथाले पनि टोलीका लागि ४७ रनको योगदान गरिन् ।

उनले ४२ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । शफाली र दयालनले ओपनिङ विकेटका लागि एक सय २२ रनको साझेदारी गरे । यी दुवै ओपनर ब्याटर १४ ओभरसम्म क्रिजमा टिकेका थिए ।
दयालनलाई नेपाली टोलीकी अनुभवी बलर सीता रानामगरले रुबिना क्षेत्रीद्वारा क्याच गराएकी थिइन् । अर्की ओपनर शफालीको विकेट पनि सीताले नै लिएकी थिइन् । उनले शफालीलाई विकेटकिपर काजोल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् ।

भारतको तेस्रो विकेट भने कविता जोशीले लिइन् । उनले तेस्रो नम्बरमा क्रिज समाल्न आएकी भारतीय ब्याट्र सञ्जिवन सजनालाई १० रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएकी हुन् । उनले सजनालाई एलबीडब्लूको धरापमा पारेकी थिइन् ।
यो खेलसँगै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ । यसअघि दुई खेल खेलेको भारत चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । तीन खेलबाट चार अङ्क बटुलेको पाकिस्तान दोस्रो स्थानमा आसीन छ ।
दुई खेलबाट दुई अङ्क जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ । तीनवटै खेलमा पराजित भएको संयुक्त अरब इमिरेट्स (यूएई) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो ।
तेस्रो पटक महिला एसिया कपमा सहभागिता जनाइरहेको नेपालले हात पारेको यो नै पहिलो जित थियो । यसअघि आफूले खेलेको दुवै संस्करणमा नेपालले टोलीले एक जित पनि हात पार्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण