लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन
बुधबार, ०९ साउन २०८१, ०६ : ३०
बुटवल । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजकुमार चौधरीलाई चयन गरिएको छ । बहुमत सदस्य सांसदको बैठकले धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दल नेता बनाउने निर्णय गरिएको हो।
पार्टीले संसदीय दल नेताको राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा समेत गराइएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । धर्म बहादुर चौधरी यस अघि पाटीको तर्फबाट नेतृत्व गर्दै पटक पटक मन्त्री बनेको नेता हुन्।
अहिले प्रमुख सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । तर उनी आफै बैठकमा उपस्थित नरहेको रातोपाटीलाई बताइन्। उनले भोलि दिउँसो बैठक बसेर निर्णय गर्ने बताइन्।
पार्टीको सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण