लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन
बुधबार, ०९ साउन २०८१, ०६ : ३०

बुटवल । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजकुमार चौधरीलाई चयन गरिएको छ । बहुमत सदस्य सांसदको बैठकले धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दल नेता बनाउने निर्णय गरिएको हो।
पार्टीले संसदीय दल नेताको राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा समेत गराइएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । धर्म बहादुर चौधरी यस अघि पाटीको तर्फबाट नेतृत्व गर्दै पटक पटक मन्त्री बनेको नेता हुन्।
अहिले प्रमुख सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । तर उनी आफै बैठकमा उपस्थित नरहेको रातोपाटीलाई बताइन्। उनले भोलि दिउँसो बैठक बसेर निर्णय गर्ने बताइन्।
पार्टीको सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
-
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु
-
सीडीएससीको ‘आईजीन’ नम्बर विवादले सेयरधनीको खातामा आईपीओ सूचीकरण हुन सकेन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
-
रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य