विवादित सांसद कुर्मी बने बिना विभागीय मन्त्री
बुटवल । बाँकेकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बनाएको छ । कुर्मीले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।
कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनामध्येका एक हुन् ।
उनी प्रदेशसभाको उम्मेदवार बन्ने बेलामा पनि विरोध भएको थियो । तर, कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नं। ३(२)बाट निर्वाचित भएका थिए । सो समयमा उनलाई कारबाही माग गर्दै आन्दोलन समेत भएको थियो ।
कुर्मीसहित प्रदेशमा बिना विभागीय ८ जना मन्त्री नियुक्त भएका छन्। भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर शारु , सीता शर्मा मन्त्री भएका छन् । उनीहरु एमालेबाट मन्त्री बनेका हुन्। नेपाली काँग्रेसबाट बादसाह कुर्मी , धनेन्द्र कार्की , सरोज थापा र प्रचण्ड विक्रम न्यौपानेले शपथ ग्रहण गरेको छन्। ढकाल, पन्थी र थापा दोहोरिएर मन्त्री बन्ने अवसर पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण