सशस्त्र प्रहरी र वन सुरक्षा टोलीद्वारा रौतहटमा लाखौँको काठ बरामद
रौतहट । रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अवैध सालको गोलिया काठ बरामद गरेको छ।
नेपाल सुरक्षा वेश लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो।
गस्ती टोलीले गुजरा ३ सिम्री इलाकामा धन्सार खोला नजिक झाडीमा अवैध रूपमा जङ्गलबाट चोरी कटान गरी लुकाई छिपाई राखेको अवस्थामा १२ वटा गोलिया साढे ६१ क्युफिट सालको काठ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन्।
अन्दाजी बजार मूल्य १ लाख ८५ हजार बराबरको उक्त काठ बरामद गरी आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।
पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतामा अवैध काठ ढुवानी तथा तस्करीमा कमी आएको देखिएको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
-
खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण