फिल्म क्षेत्रमा गुटबन्दी छ – सरोज खनाल

काठमाडौँ । अभिनेता तथा फिल्म निर्देशक सरोज खनालले नेपाली फिल्म क्षेत्रमा गुटबन्दी रहेको बताएका छन् । गुटबन्दीकै कारण एउटै प्रोडक्सन र निर्देशकको फिल्ममा बारम्बार कलाकार दोहोरिने गरेको उनको भनाइ छ ।
फिल्म ‘नम्बरी सुन’को ट्रेलर रिलिज कार्यक्रममा बुधबार बोल्दै सरोजले केही निर्देशक र प्रोडक्शन कम्पनीले केही कलाकारसँग मात्र काम गर्ने गरेको आरोप लगाए । उनले भने,‘ गुटबन्दीले हाम्रो हातमा त जस्ता जस्ता फिल्म पर्छन्, ती फिल्मलाई न्याय दिने कोसिस गर्ने हो ।’ गुटबन्दीको कारण आफू जस्ता कलाकारहरूले आज राम्रो टिममा काम पाउन गाह्रो भएको उनको तर्क थियो ।
सरोजले समय अनुसार कलाकारले आफूलाई परिवर्तन गर्न सक्नुपर्ने धारणा समेत राखे । ‘म पहिले हिरो खेल्थेँ, अहिले पनि सोही भूमिका खेल्छु भनेर हुँदैन’, उनले थपे ‘समय अनुसार जस्तो भूमिका आउँछ, त्यही काम गर्छु ।’
सरोजले अभिनय गरेको फिल्म ‘नम्बरी सुन’ साउनको २५ गतेबाट रिलिजमा आउँदै छ । यो फिल्मको कथावस्तु राम्रो भएकोले अभिनय गरेको उनको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
-
बस्ती विकासका नाममा ३ हजारभन्दा बढी टुक्रे योजना, तीन नेताका जिल्लामा खातैखात
-
रेशमपछि उच्च अदालत पाटनमा महिमानसिंह विष्टको पनि निवेदन, आज सुनुवाइ
-
व्यक्तिगत तहमा उत्रेर जुधिरहेका छन् ट्रम्प–मस्क
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति