फिल्म क्षेत्रमा गुटबन्दी छ – सरोज खनाल
काठमाडौँ । अभिनेता तथा फिल्म निर्देशक सरोज खनालले नेपाली फिल्म क्षेत्रमा गुटबन्दी रहेको बताएका छन् । गुटबन्दीकै कारण एउटै प्रोडक्सन र निर्देशकको फिल्ममा बारम्बार कलाकार दोहोरिने गरेको उनको भनाइ छ ।
फिल्म ‘नम्बरी सुन’को ट्रेलर रिलिज कार्यक्रममा बुधबार बोल्दै सरोजले केही निर्देशक र प्रोडक्शन कम्पनीले केही कलाकारसँग मात्र काम गर्ने गरेको आरोप लगाए । उनले भने,‘ गुटबन्दीले हाम्रो हातमा त जस्ता जस्ता फिल्म पर्छन्, ती फिल्मलाई न्याय दिने कोसिस गर्ने हो ।’ गुटबन्दीको कारण आफू जस्ता कलाकारहरूले आज राम्रो टिममा काम पाउन गाह्रो भएको उनको तर्क थियो ।
सरोजले समय अनुसार कलाकारले आफूलाई परिवर्तन गर्न सक्नुपर्ने धारणा समेत राखे । ‘म पहिले हिरो खेल्थेँ, अहिले पनि सोही भूमिका खेल्छु भनेर हुँदैन’, उनले थपे ‘समय अनुसार जस्तो भूमिका आउँछ, त्यही काम गर्छु ।’
सरोजले अभिनय गरेको फिल्म ‘नम्बरी सुन’ साउनको २५ गतेबाट रिलिजमा आउँदै छ । यो फिल्मको कथावस्तु राम्रो भएकोले अभिनय गरेको उनको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण