बिग बोस १८ को तयारी सुरु, होस्ट सलमान नै
नयाँ दिल्ली । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो बिग बोसको १८ औं सिजन चाँडै आउँदैछ । सलमान खानको होस्टिङ यो शो को अहम् हिस्सा थियो । तर पछिल्ला केही महिनादेखि सुरक्षाका कारणले सलमानले बिग बोस १८ होस्ट नगर्ने अफवाह चलिरहेका थिए । तर अब भने शोलाई सलमानले नै होस्ट गर्ने बताइएको छ ।
साथै शो को प्रिमियर मिति र सम्भावित केही प्रतियोगीको चर्चा पनि सुनिएको छ । बिग बोस १८ यही अक्टोबर ५ मा प्रिमियर हुने बताइएको छ । अहिले जियो सिनेमाा बिग बोस ओटीटी सिजन ३ स्ट्रिम भइरहेको छ ।
शो को फाइनल अगस्ट ४ मा हुँदैछ । यो लगत्तै बिग बोस १८ को तयारी सुरु हुने बताइएको छ । यसका लागि सेटलाई पुनः डिजाइन गरिनेछ । बिग बोस १२ की विजेता ससुराल सिमर का फेम अभिनेत्री दीपिका कक्कडका पति शोएब इब्राहिम यस सिजनमा प्रतियोगी बनेर आउँदैछन् ।
शोएब इब्राहिम भारतीय टेलिभिजन जगतमा एक चर्चित नाम हो । ससुराल सिमर का लगायत चर्चित टिभी शो मा काम गरिसकेका इब्राहिम नच बलिए ८ मा पनि सहभागी भएका थिए । यही वर्ष सेलिब्रेटी डान्स रियालिटी शो झलक दिखला जा ११ मा उनी दोस्रो भएका थिए ।
अप्रिलमा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । त्यसपछि उनको सुरक्षा बढाइएको छ । सलमानले बिग बोस ओटीटीको दोस्रो सिजन होस्ट गरेका थिए । सुरक्षाका कारण उनले यसको तेस्रो सिजन होस्ट गरेनन् । सलमानको ठाउँमा अनिल कपुरले बिग बोस ओटीटी ३ को होस्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण