माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शुक्रबार, ११ साउन २०८१, १३ : २४
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सरकारबाट हटेपछि पहिलोपटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए ।
साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अबको ध्यान सरकारमा भन्दा पनि सङ्गठन निर्माणमा केन्द्रित रहने बताएका छन् । झन्डै १० वर्षपछि प्रमुख प्रतिपक्षमा पुगेको माओवादीले विगतको गम्भीर समीक्षा गर्दै पार्टी निर्माणमा क्रियाशील हुने गरी योजना बनाउने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण