जनकपुरमा जनमत पार्टीको सचिवालय बैठक सुरु
वीरगन्ज । जनकपुरमा जनमत पार्टीको सचिवालय बैठक सुरु भएको छ । आफ्नो पार्टीले नेतृत्व गरेको मधेस सरकारको कामकाज कार्यान्वयनमा देखिएका समस्याबारे निर्क्योल निकाल्न शुक्रबारदेखि सो पार्टीको सचिवालय बैठक सुरु भएको हो ।
मधेसमा पहिलोपटक नेतृत्व सम्हालेको जनमत पार्टीले सरकारमा सहभागी भएको ४८ दिनपछि समीक्षा गर्न थालेको हो । सरकारको समीक्षाका लागि सचिवालय बैठक सुरु भएको पार्टी प्रवक्ता शरद यादवले जानकारी दिए ।
उनका अनुसार जनकपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा सुरु सचिवालय बैठक २ दिनसम्म चल्नेछ । सचिवालय बैठकमा खासगरी ३ वटा एजेन्डामा छलफल केन्द्रित रहने प्रवक्ता यादवले बताए ।
उनका अनुसार पहिलो चरणमा प्रदेश सरकारको कामकारबाहीमा भएका उपलब्धि तथा काम गर्दा आएका कठिनाइको समाधानका विषयमा छलफल हुनेछ । मधेस प्रदेश सरकारलाई कसरी सफल बनाउने त्यो रणनीति समेत बैठकबाट तय गरिने तयारी बताइएको छ ।
बैठकको दोस्रो एजेन्डा वर्तमान राजनीतिक परिस्थिति र तेस्रो एजेन्डा पार्टीको कार्यदिशा रहेको यादवले बताए । शुक्रबार सचिवालयका १७जना पदाधिकारी तथा सदस्यहरूसँग मात्र छलफल गरिने उनले बताए । शनिवार प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेश सांसदहरूसँग छलफल गरिने कार्यतालिका तय भएको यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण