लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा माला निषेध
शुक्रबार, ११ साउन २०८१, २० : ४९

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरूबाट खादा, माला, अबिर नलगाउने निर्णय गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनको सचिवालयले खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको छ ।
शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएको भएपनि अन्य दिनको भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गरिएको उनको सचिवालयको भनाइ छ ।
यस्तै नवनियुक्त मुख्यमन्त्री आचार्यले यात्राको क्रममा सुरक्षा निकायबाट गरिने स्कर्टिङ्गलाई घटाएको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट