बढ्यो बागमतीको मन्त्रीमण्डल सङ्ख्या, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त
हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो ।
प्रदेशका ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीले शपथ ग्रहण गरेका हुन् ।
उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बुधवार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण