तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
शनिबार, १२ साउन २०८१, १२ : ५५

बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङको बरेङ गाउँपालिका–४ घर भई बुटवलको सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र रुपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका थिए।
खत्रीको शव नदी छेउमा भेटिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले तिनाउ नदीमा बगेका मध्ये पाण्डेको खोजी भइरहेको बताए ।
नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म
-
डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला
-
पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न लेखा समितिले पठायो अख्तियारलाई पत्र