धार्चे पहिरो: अझै पुगेन प्रशासन, उद्धारमा समस्या
पोखरा । गोरखाको धार्चेमा बाढीसँगै गएको पहिरोले ३ जना बेपत्ता भएका छन् । घटनाको आधिकारिक विवरण अझै प्राप्त भएको छैन । स्थानीय जीतबहादुर गुरुङको होटेल र पशुपंक्षी फार्म बाढी र पहिरोले बगाएको हो ।
पहिरोमा उनका परिवारको ३ जना परेका छन् । हाइड्रोमा काम गर्ने २ मजदुर पनि पहिरोमा परेका स्थानीयले बताएका छन् । तर २ जना घाइते अवस्थामा पहिरोबाट बाहिर निस्किएका भनिएपनि आधिकारिक जानकारी आएको छैन ।
अहिलेसम्म राज्यको उपस्थिति घटनास्थलमा नभएको गुम्दाका सुनिल गुरुङले जानकारी दिए । ‘गएरातिदेखि अविरल वर्षा भएको थियो । रुकाङ डाँडादेखि पहिरो र बाढी पनि आयो,’ उनले भने ‘रैसी फाँटमा घटना भएको हो ।’
अहिलेसम्म गाउँले बाहेक कोही पनि नपुगेका उनको भनाई छ । ‘गाउँले छन् । राज्यबाट कोही पुगेका छैनन्,’ उनी भन्छन्, ‘खोंचमा भएकोले फोन पनि राम्रो लाग्दैन । गुम्दाबाट स्वास्थ्यकर्मीको टोली जाँदै गरेको भन्ने सुनिएको छ ।’
गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले चाहिँ राती २ बजे ५ जना बेपत्ता भएकोमा २ जना गम्भीर घाइते अवस्थामा रहेका बताइन् । घाइतेहरूको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण