भक्तपुरमा टिपरको ठक्करबाट एक युवकको मृत्यु
आइतबार, १३ साउन २०८१, २२ : ०९
भक्तपुर । टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिँदा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।
मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जिव थापामगरको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपालञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन पुरस्कार विजेता विवेकको ‘मौन कोलाहल’ बजारमा
-
देशभरका १३ सडक अवरुद्ध (सूचीसहित)
-
प्रश्नपत्र लिक गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता, संयम अपनाउन अपिल
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण