मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मदन पुरस्कार विजेता विवेकको ‘मौन कोलाहल’ बजारमा

मङ्गलबार, ०५ साउन २०८३, ११ : ४९
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • मदन पुरस्कार विजेता विवेक ओझाको नयाँ कथा संग्रह ‘मौन कोलाहल’ बजारमा आएको छ।
  • सांग्रीला बुक्सले प्रकाशन गरेको यस संग्रहमा नौ वटा कथाहरू समेटिएका छन्।
  • यसमा समाजभित्र लुकेका कुरूप संवेदना र नग्न यथार्थलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको छ।

काठमाडौँ । मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति ‘मौन कोलाहल’ बजारमा आएको छ। नौ वटा कथाहरू समेटिएको यस कथा संग्रहलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो।

‘मौन कोलाहल’मा लेखक ओझाले समाजभित्र लुकेका कुरूप संवेदना र नग्न यथार्थलाई उजागर गरेका छन्। संग्रहका कथाहरूले मानवीय अस्तित्व, सामाजिक ढोँग, नैतिक द्वन्द्व र चेतनाको अन्धकारलाई  दार्शनिक शैलीमा प्रस्तुत गर्दै पाठकलाई गम्भीर आत्ममन्थनतर्फ डोर्‍याउने प्रयास गरेका छन्।

लेखक ओझाले आफ्नो उपन्यास ‘ऐँठन’का लागि २०७९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। ‘ऐँठन’ र ‘ऐलानी’ जस्ता लोकप्रिय उपन्यासपछि प्रकाशित ‘मौन कोलाहल’ उनको पहिलो कथा संग्रह हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप