पेरिस ओलम्पिक : २५ स्वर्ण पदकको छिनोफानो, पदक तालिकामा २२ राष्ट्रको उपस्थिति
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा तेस्रो दिनको खेल सकिँदासम्म २५ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । दुई राष्ट्रले चार–चार र चार राष्ट्रले तीन–तीन स्वर्ण पदक जितेका छन् ।
चार स्वर्ण, दुई रजत र एक कांस्यसहित कुल सात पदक जित्दै जापान तालिकाको पहिलो स्थानमा छ । दोस्रो स्थानमा आसीन अस्ट्रेलियाले चार स्वर्ण र दुई रजतसहित कुल ६ पदक जितेको छ । अमेरिका तीन स्वर्ण, ६ रजत र तीन कांस्यसहित कुल १२ पदक जित्दै तालिकाको तेस्रो स्थानमा छ ।
यसैगरी, तीन स्वर्ण, तीन रजत र दुई कांस्यसहित कुल आठ पदक जित्दै फ्रान्स चौथो स्थानमा छ । पाँचौँ स्थानमा आसीन दक्षिण कोरियाले तीन स्वर्ण, दुई रजत र एक कांस्यसहित कुल ६ पदक हात पारेको छ ।
यस्तै, तीन स्वर्ण, एक रजत र दुई कांस्यसहित कुल पाँच पदक जित्दै चीन छैटौँ स्थानमा छ । इटाली, कजाकस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले पनि एक–एक स्वर्ण पदक जितेका छन् । यी राष्ट्र क्रमशः सातौँदेखि १०औँ स्थानमा छन् ।
दक्षिण एसियाली राष्ट्र भारतले पनि पेरिस ओलम्पिकको पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराइसकेको छ । भारतकी सुटिङ खेलाडी मनु भाकरले कांस्य पदक जितेकी हुन् । तेस्रो दिनको खेल समाप्त हुँदासम्म कुल २२ राष्ट्रले पदक हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण