सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक, बिहीबार बैठक बसेर टुङ्ग्याइने
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुङ्ग्याउने चरणमा पुगेको बताए । उनले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए ।
उनले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभईकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पु¥याउनुपर्ने जानकारी दिए । अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताए । उहाँले कानुनलाई अब चाँडो भन्दा चाँडो टुङ्ग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताउनु भयो ।
उनले भने, ‘अब हामी टीआरसी विधेयक करिब करिब अब टुङ्ग्याउने चरणमा हामी पुग्यौँ । हामीले बैठक टुङ्ग्याएका छैनौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरूलाई नियालेर प्रतिवेदन ल्याउँछौँ । पहिलाको मूल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरूमा वा समितिमा भएका छलफल र हाम्रो संयन्त्रमा छलफल भई डेभलप भएका विषयहरू र सहमतिको वरपर पुगेका विषयहरूलाई पनि कम्पाइल गरेर एकीकृत ढङ्गले ल्याउने कुरा भएको छ । बिहीबार ८ बजे बैठक बसेर त्यो फाइनल डकुमेन्ट हेरेपछि त्यसको आधारमा फिनिसिङ गर्छौँ । अब हामी सबैले सबै जिम्मेवारीबोधका साथ यसलाई सिङ्गो देशको मुद्दा बनाएर, विषय बनाएर, सत्ता पक्ष र प्रतिपक्षको नभईकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयसँग जोडेर अगाडि बढ्दा यो निष्कर्षमा पुग्ने अवस्था देखिन्छ । त्यही विश्वासका साथ यो काम गरिरहेका छौँ । मेरो विचारमा अब हामी १८ वर्षदेखि विभिन्न हिसाबले उतारचढावमा रहेको, टुङ्गोमा पुग्न नसकेको, पीडितले न्याय पाउन नसकेको अवस्थालाई हामी लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य गर्नेछौँ । यो कानुनलाई अब चाँडो भन्दा चाँडो टुङ्ग्याएर, यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्त्वपूर्ण छ ।’
कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण