बस खोज्दा त्रिशूलीमा हराएको चुम्बक सिमलताल नजिकै फेला
सोमबार, १४ साउन २०८१, १० : ४७
काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक भेटिएको छ । भारतीय प्राविधिकहरूले बस खोज्दा प्रयोग गरेको चुम्बक सिमलतालबाट करिब ३ सय मिटर तल फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।
भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका थिए । बस फेला नपरेपछि भारतीय भारतबाट आएका विशेषज्ञहरू फर्किसकेका छन् ।
असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । बसमा सवार २५ जनाको शव भेटिएको डीआईजी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण