लेबनानमा आफ्ना नागरिकका लागि भारतीय दूतावासले जारी गर्यो एड्भाइजरी
लेबनान । इजरायल र लेबनानी चरमपन्थी समूह हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण लेबनानमा तनावको स्थिति छ । यस्तोमा बेरुतस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गरिरहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गर्दै बेरुतस्थित भारतीय दूतावासले भनेको छ– ‘क्षेत्रको ताजा स्थितिलाई विचार गरेर लेबनानमा रहेका अनि लेबनानको यात्रा गर्न विचार गरिरहेका भारतीय नागरिकलाई सतर्क रहन र दूतावासको सम्पर्कमा रहिरहन सल्लाह दिइन्छ ।’
कुनै समस्या परेमा बेरुतस्थित भारतीय दूतावासको इमेल आईडी वा आपतकालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न भनिएको छ । शनिबार इजरायलको कब्जामा रहेको गोलना हाइट्सको फुटबल मैदानमा रकेट खस्दा १२ बालबालिका र किशोर किशोरीको मृत्यु भएको थियो ।
हिजबुल्लाहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । तर इजरायलले यो हमला हिजबुल्लाहले गराएको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण