खादा, माला र अबिर नलगाउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको घोषणा
सोमबार, १४ साउन २०८१, २२ : ०७

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बधाई दिन आउने व्यक्तिबाट खादा, माला, अबिर नलगाउने र कुनै प्रकारको उपहार नलिने घोषणा गरेका छन् ।
उनले सूचना नै टाँस गरेर खादा माला निषेध गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदिप नेपालीले जानकारी दिए ।
ख्यमन्त्रीले सुरक्षा स्कर्टिङ्ग पनि घटाएका छन् । मुख्यमन्त्रीको सुरक्षार्थ खटिने नियमित टोलीबाहेक अन्यत्र जाँदा स्कर्टिङमा खटिने सुरक्षाकर्मी घटाइएको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म
-
डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला