युनाइटेड छाडेर फाब्रिगासको कोमो पुगे भरान
मङ्गलबार, १५ साउन २०८१, १० : १३
काठमाडौँ । फ्रान्सका डिफेन्डर राफायल भरान सिरी ए टोली कोमोसँग अनुबन्ध भएका छन् । कोमो यो सिजन मात्र इटालीको पहिलो डिभिजनमा उक्लिएको हो ।
म्यानचेस्टर युनाइटेडसँगको करार सकिएपछि ३१ वर्षीय खेलाडी फ्रि–एजेन्टका रूपमा रहेका थिए । उनले इटालियन क्लबसँग २ वर्षको करार गरेका छन् ।
सन् २०१८ को विश्वकप विजेता खेलाडीले रियल मड्रिडसँग ३ वटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसपछि उनले युनाइटेडमा ३ वर्ष बिताए ।
देशका लागि ९३ खेलमा प्रतिनिधित्व गरेका भरानले गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।
उता, २१ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको कोमोले आर्सनल र चेल्सीका पूर्वमिडफिल्डर सिसेक फाब्रेगासलाई मुख्य प्रशिक्षक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण