पढ्न विदेश गएकी पत्नी जब प्रेमी लिएर घर आइन्
काठमाडौँ । एउटै घरमा पति र प्रेमीसँग कुनै महिला एक साथ बसेको घटना अपत्यारिलो लाग्न सक्छ । तर, एक जापानी महिलाको जीवनमा यस्तै घटना भएको छ ।
जापानका सेफ तथा ब्लगर प्रिन्स सोयले हालै एक भिडियोमार्फत आफ्नो पारिवारिक जीवनको एउटा रहस्य उजागर गरेका छन् ।
प्रिन्स सोयका अनुसार उनकी पत्नी सेइरा पढ्नका लागि अस्ट्रेलिया गएकी थिइन् । उनले अस्ट्रेलियामै एक जापानी युवकसँग भएको परिचयलाई प्रेममा रुपान्तरण गरिन् ।
यद्यपि सेइराले आफूलाई धोका नदिएको प्रिन्स सोयको भनाइ छ । जुलाइ १२ मा सेइरा जापान फर्किइन् । उनले आफ्नो प्रेमीलाई पनि घरमा ल्याएकी थिइन् ।
प्रिन्स रोयले पत्नी र उनका प्रेमी दुवैलाई हार्दिकता साथ घरमा स्वागत गरे । उनीहरू तीनै जना करिब एक साता एउटै घरको छतमुनि बसे ।
यस बिचमा उनीहरू आपसमा मिलेर खाना पकाउनेदेखि लिएर घरका काम पनि गर्दथे । आफूले सेइरासँग बिहे गर्नु अघि नै ‘ओपन रिलेसनसिप’बारे समझदारी भइसकेको प्रिन्स रोयको भनाइ छ । उनले अरुसँग प्रेम गरे पनि पति आफूमात्र रहने पनि प्रस्ट पारे । पत्नीका जतिसुकै प्रेमी भए पनि आफ्नो ठाउँ कसैले नलिने उनको विश्वास छ ।
विदेशमा कठिन परिस्थितिमा आफ्नो पत्नीलाई साथ दिएको भन्दै प्रिन्स रोयले पत्नीको प्रेमीप्रति आभारसमेत प्रकट गरे । उनले पत्नीको खुसीमा नै आफ्नो खुसी रहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण