एकीकृत समाजवादीले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने
मङ्गलबार, १५ साउन २०८१, १६ : ३१
हेटौडा । एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले मुख्यमन्त्री लामालाई मत दिन नसक्ने बताएका हुन् ।
उनले गुटगत भागबन्डाका कारण सङ्घीयता र संविधानलाई नै खतरा हुने काम भइरहेको बताए । ठुला दलको गुटगत राजनीतिका कारण प्रदेश सरकारको प्रदेशका मन्त्री र मन्त्रालय निरन्तर बढिरहेको उनको भनाई छ । ठुला दलहरूले गुटमिलनको अखडा केन्द्रलाई बाइरहेको उनले बताए ।
केन्द्रमा सरकार परिवर्तन हुने बित्तिकै प्रदेशमा सरकार परिवर्तन हुनमा कुनै राजनीतिक तर्क नरहेको उनले बताए । राजनीतिक स्थायित्वका नाममा विना विभागीय मन्त्री राख्ने र मन्त्रालय बढाउने काम भइरहेको उनले बताए ।
दलहरूले स्थायित्व नै चाहेको हो भने प्रदेशमा ७ मन्त्रालय कायमगरी मितव्ययी हुन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण