प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरियो : अमिक शेरचन
बुटवल । लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताएका छन् । मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले बिना कारण आफूलाई प्रदेश प्रमुखबाट हटाइएको बताए ।
शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा मार्ग प्रशस्त गर्न आग्रह गर्नुपर्ने भएपनि त्यो पालना नभएको भन्दै असन्तुष्टि पोखे । लुम्बिनी प्रदेश प्रमुख नेपाली कांग्रेसको भागमा परेको सुनेको भन्दै उनले आफूले कुन विधि मिचेका कारण हटाएको भन्ने नबुझेको बताए ।
उनले भने, ‘प्रदेश प्रमुखलाई हटाउनु पर्दा अवस्था यस्तो आयो, मार्ग प्रशस्त गर्नुहोला भनेको भए मर्यादाको ठाउँ रहन्थ्यो । त्यो पालना भएको शुरुदेखि अहिलेसम्म म देख्दिन । छिटो हटाउनुपर्छ भनेर हटायो । अहिले आएर यो ठाउँ नेपाली कांग्रेसको ठाउँ भन्ने सुन्छु म । सरकार परिवर्तन हुँदैमा, केन्द्रमा परिवर्तन भयो । तर यहाँको परिस्थिति फरक छ । सरकार सरकारबिचमा अन्तर्विरोध भएर विभिन्न बाधा आएर बसेको परिस्थिति होइन, यहाँको प्रमुखलाई हटाउनुको कारण के । के गल्ती गरेको छ । यो प्रदेश प्रमुखले के गल्ती गरेको छ । अमर्यादित ढंगले हटाइएको छ ।’
शेरचनले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेश सरकारले क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण