कोटेश्वरको गेष्टहाउसबाट चोरिएको नगद र सुन प्रहरीद्वारा फेला
काठमाडौँ । काठमाडौं महागरपालिका–३२ कोटेश्वर स्थित होटल होम एण्ड गेष्ट हाउसबाट सोमबार बिहानीपख चोरी भएको ४४ हजार नगद र सुनको लकेट प्रहरीले फेला पारेर पीडितलाई हस्तान्तरण गरेको छ ।
कोटेश्वर चोकस्थित आकाशेपुल नजिकै रहेको उक्त गेष्ट हाउसको दोस्रो तल्लामा आईतबार रुम बुक गरेर बसेका महोत्तरीका अविनास मिश्र र उनकी श्रीमती कल्याणी मिश्र सुतिरहेको अवस्थामा झ्यालबाट लेडिज ब्याग चोरी भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले बताएका छन् ।
सुतिरहेको अवस्थानमा नगद र सुन चोरी भएको खबर आएसँगै महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामाको कमाण्डमा घट्नास्थमा पुगेको प्रहरी टोलीले उक्त सुन र नगद गेष्ट हाउससँगै जोडिएको धन बहादुर तामाङको घरको छतमा फेला पारेको बताइएको छ ।
तामाङको दुईतले घरको छतमा प्रहरीले फेला परेको ४० हजार नगद र सुनको ४ आनाको लकेट पीडितलाई हस्तान्तरण गरिएको डिएसपी पौडेलले जानकारी दिए ।
महोत्तरीको पिपरा गाउँपालिका–३ स्थायी घर भएका अविनाश र कल्याणी विरामी नातेदार भेट्न आइतबार साँझ काठमाडौं आएका थिए ।
चोरी भएको लेडिज ब्याग र उक्त ब्यागमा रहेको नगद तथा सुन प्रहरीले हस्तान्तरण गरेपछि पीडित अविनाश दम्पती निकै खुसी भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण