श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेस सांसद हृदयराम थानीको असन्तुष्टि
काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए ।
उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्यो भन्दै प्रश्न गरे । उनले भने– सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे ? आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला । तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन ?’
उनले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण