बागमती लोक सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न समितिको निर्देशन
हेटौंडा । बागमती प्रदेशको प्रदेश मामिला समितिले सरकारलाई ३ विषयमा निर्णयसहित निर्देशन दिएको छ । बुधबार बसेको प्रदेश मामिला समितिको बैठकले प्रदेश लोक सेवा आयोगसँग सम्बन्धित २ र विपद् व्यवस्थापनसँग सम्बन्धित एक निर्णयसहित सरकारलाई निर्देशन दिएको हो ।
सभापति छिरिङ दोर्जे लामाको अध्यक्षतामा बसेको बैठकले सरकारलाई गम्भीरताका साथ समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश लोक सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्ने निर्देशन गरेको हो । आयोगको अध्यक्ष नियुक्त नहुँदा कर्मचारी व्यवस्थापन तथा नियुक्ति र बढुवा प्रक्रिया समेत प्रभावित भएकाले तत्काल अध्यक्ष नियुक्त गर्ने बैठकले निर्देशन दिएको छ ।
विगत ६ महिनादेखि प्रदेश लोक सेवा आयोग अध्यक्ष विहीन अवस्थामा रहेको छ । तत्कालीन अध्यक्ष सरेशमान श्रेष्ठको उमेरहदका कारण अवकाश प्राप्त भएकाले सो पद रिक्त रहेको छ । राजनीतिक दाउपेचका कारण आयोगको अध्यक्ष नियुक्ति हुन सकिरहेको छैन ।
बैठकले निजामती ऐनको समयानुकूल संशोधन गर्न निर्देशन दिएको छ । बैठकले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन २०७९ र स्थानीय तहको सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ का विभिन्न दफाहरू आपसमा बाझिएको र अस्पटताका कारण समस्या भएकाले आवश्यक संशोधनका लागि अध्ययन गरी विधेयक मार्फत संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकले विपद् व्यवस्थापनमा गम्भीर हुन र समितिले तयार गरेका अध्ययन अनुसन्धानका प्रतिवेदन तथा सुझावहरूलाई गम्भीरताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ । बैठकले विपद् व्यवस्थापन सम्बन्धी कानुनमा त्रुटि देखिएकाले केही दफाहरू परिमार्जन गर्न विधेयक संसदमा पेस गर्न निर्देशन दिएको हो । कानुनी समस्याका कारण विपद् व्यवस्थापनमा प्रदेश सरकारको योजनाहरू कार्यान्वयनमा बाधा परेको बैठकको निष्कर्ष थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण