बोइङमा नयाँ सीईओ नियुक्त
न्युयोर्क । अमेरिकी यात्रुबाहक विमान निर्माता कम्पनी बोइङले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बोइङले एयरोस्पेश कम्पनी रकवेल कोलिन्सका पूर्व सीईओ रोबर्ट ‘केली’ ओर्टबर्गलाई नयाँ सीईओ नियुक्त गरेको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा कम्पनीलाई तेब्बरभन्दा बढी घाटा भएकै समयमा ओर्टबर्गले कम्पनीको नेतृत्व सम्हाल्न लागेका हुन् । कम्पनीले बनाएको विमानको गुणस्तरबारे प्रश्न उठिरहेको अनि कम्पनीका विमानको सुरक्षा जाँच बढेकै समयमा सीईओको कुर्सी उनका लागि निकै चुनौतीपूर्ण हुनेछ ।
ओर्टबर्गले सेवा निवृत्त हुन लागेको वर्तमान सीईओ डेभ कलहाउनलाई विस्थापित गर्नेछन् । ओर्टबर्गले अगष्ट ८ देखि सीईओको कार्यभार सम्हाल्ने बताइएको छ ।
कम्पनीमा पछिल्लो समय देखिएका यावत् समस्याका लागि कलहाउनको व्यापक आलोचना भइरहेको छ । कम्पनीमा आबद्ध हुन पाउँदा आफूले अति नै सम्मानित महसुस गरेको ओर्टबर्गले बताएका छन् ।
कम्पनीमा गर्नुपर्ने धेरै कुराहरू भएको पनि उनले बताएका छन् । इन्जिनियरिङको गुणस्तरमा जोड दिनुको सट्टामा अर्थमा जोड दिएको भन्दै उनले बोइङको व्यवस्थापन समितिको आलोचना गरेका छन् ।
ओर्टबर्गले मेकानिकल इन्जिनियरिङ पढेका हुन् । सन् १९८३ देखि उनले उड्ययन उद्योगमा काम गर्न थालेका थिए । उनले सन् १९८७ मा प्रोग्राम म्यानेजरको रूपमा रकवेल कोलिन्समा जागिर सुरु गरेका थिए ।
सन् २०१३ मा उनी कम्पनीको सीईओ बनेका थिए । सन् २०२१ मा ओर्टबर्ग कम्पनीबाट सेवा निवृत्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको निर्यात वृद्धि
-
कुशलको नाममा नयाँ कीर्तिमान
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण