निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन महासंघको माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन सरकारसँग माग गरेको छ ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेट गर्दै महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता आवश्यक भएको बताएको हो ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारी समक्ष नदीजन्य तथा खानीजन्य सामाग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामाग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्ने लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
जवाफमा मन्त्री भण्डारीले समय सापेक्ष ऐन नियम नहुँदा निर्माण उद्योगमा समस्या देखिएको बताए ।
निर्माण व्यवसायीहरूको रकम भुक्तान नभएको विषयलाई गम्भीर रूपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताउँदै मन्त्री भण्डारीले मौद्रिक नीति पनि निर्माण व्यवसायी मैत्री रूपमा आएको बताए ।
निर्माण व्यवसायीहरूसँग निरन्तर संवादमा रही यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता मन्त्री भण्डारीले व्यक्त गरे ।
समृद्धिको महत्त्वपूर्ण पाटो मानिने निर्माण व्यवसायको विकास विस्तारमा सरकार संवेदनशील रहेको भन्दै मन्त्री भण्डारीले नेपालका निर्माण व्यवसायीहरूले विदेशमा समेत गर्व गर्न लायक काम गरेको बताए ।
वर्तमान सरकारको गठनसँग आम मानिसमा रहेको निराशा अन्त्य हुँदै गएको दाबी मन्त्री भण्डारीले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण