महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।
महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गर्नेछ ।
साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि व्यावसायिक कर्जा प्रदान गर्ने जनाइएको छ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकले यस अन्तर्गत रु. ३ करोड सम्मको कर्जा लिन सक्ने बैंकको भनाइ छ । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गर्नेछ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
उल्लेखित कर्जाहरूमा आवेदन तल दिइएको क्युआरमार्फत समेत गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
-
वैदेशिक रोजगार सम्बन्धी नीतिलाई व्यवहारिक बनाउँछौँ : मन्त्री यादव
-
प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण