लुम्बिनीमा ७ वर्षमा ४ प्रदेश प्रमुख

बुटवल । सङ्घीयता कार्यान्वयन यता ७ वर्षमा लुम्बिनी प्रदेशले ४ जना प्रदेश प्रमुख पाएको छ । संविधानले प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष भने पनि केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख पनि फेर्ने प्रचलन बढेको हो ।
२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उमाकान्त झालाई प्रमुख बनाएर पठाएको थियो । २०७६ कात्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाएर पठायो ।
त्यसपछि फेरि देउवा सरकारले यादवलाई हटाएर २०७८ साल साउन १३ गते अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएर पठायो । साउन १४ गते केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाएको हो ।
रोल्पा जिल्ला निवासी घर्ती मगरले शुक्रबार बुटवलमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले संविधानले ५ वर्षे कार्यकाल निर्धारण गरे पनि सरकारले प्रदेश प्रमुखहरू विनाकारण फेर्ने गरेको भन्दै यो परम्परा गलत भएको टिप्पणी गरे ।
पारदर्शी सरोकारकार केन्द्र बुटवलका पूर्वअध्यक्ष एवं अधिवक्ता महेन्द्र पाण्डेयले केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख फेर्दा सङ्घीयतामाथि नै नकारात्मक सन्देश जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट