एमालेको पदाधिकारीमा रहेका कुन नेताले पाए के जिम्मेवारी ?
काठमाडौँ । नेकपा एमालेले पार्टीका पदाधिकारीको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्ने छन् । यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान संयोजन, नीति तथा योजना सम्बद्ध विभागहरूको प्रमुखको जिम्मेवारी पाएका छन् । उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश तथा स्थानीय तह समन्वय संयोजन, मानवश्रोत सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् भने अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, सामाजिक विकास सम्बद्ध विभागहरूको जिम्मेवारी पाएकी छन् ।
यस्तै रामबहादुर थापाले कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा संयोजन, कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् भने विष्णुप्रसाद पौडेलले पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टी सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् । यस्तै सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामला संयोजन, पूर्वाधार तथा विकास सम्बद्ध विभागहरूको जिम्मेवारी पाउँदा गुरुप्रसाद बरालले संसदीय मामला, संयोजन, सुशासन र सेवाप्रवाह सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् ।
महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक कामको संयोजनको जिम्मेवारी पाएका छन् ।
यस्तै उपमहासचिवहरूमा प्रदीप ज्ञवालीले पार्टी स्कुल विभागको जिम्मेवारी पाएका छन् भने विष्णु रिमालले निर्वाचन विभाग प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । पृथ्वीसुब्बा गुरुङ मन्त्री भएकाले कुनै जिम्मेवारी पाएका छैनन् ।
यस्तै सचिवहरूमा लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् भने गोकर्णराज विष्टले भौतिक पूर्वाधार तथा यातायात विभागको जिम्मेवारी पाएका छन् । यस्तै योगेश भट्टराईले संसदीय विभागको जिम्मेवारी पाउँदा रघुवीर महासेठले परराष्ट्र मामिला विभागको जिम्मेवारी पाएका छन् ।
छविलाल विश्वकर्माले स्थानीय विकास विभागको जिम्मेवारी पाएका छन् भने पद्माकुमारी अर्यालले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी पाएकी छिन् । एमाले सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण