प्युठानमा तीन जनामा हैजा सङ्क्रमण
शुक्रबार, १८ साउन २०८१, १४ : ५१

प्युठान । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।
गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
“जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो”, उनले भने । गौमुखी गाउँपालिकाका ८ जनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा फर्किइन् सरिता गिरी
-
गायिका लक्ष्मी आचार्यले ल्याइन् ‘नौली हदेली’
-
सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ : अध्यक्ष प्रचण्ड
-
कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरू
-
तेस्रो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्मको आम्दानी कति ?
-
भिजिट भिसा प्रकरण : गृह मन्त्रालय तर्किँदै, अध्यागमनले थाल्यो आन्तरिक छानबिन