लुम्बिनीले पहिलो पटक पायो आफ्नै प्रदेशवासी प्रदेश प्रमुख
बुटवल । लुम्बिनी प्रदेशले पहिलो पटक आफ्नै प्रदेशवासी प्रदेश प्रमुख पाएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्ती गाउँका कृष्णबहादुर घर्ती मगरले लुम्बिनी प्रदेश प्रमुखको रूपमा शुक्रबार पदभार ग्रहण गरेका छन् ।
योसँगै लुम्बिनी प्रदेशले पहिलो पटक आफ्नै प्रदेशवासीलाई प्रदेश प्रमुखको रूपमा पाएको छ । यसअघिका लुम्बिनी प्रदेश प्रमुख अन्य प्रदेशबाट आएका थिए ।
सरकारले लुम्बिनी प्रदेशमा उमाकान्त झा, धर्मनाथ यादव, अमिक शेरचनलाई प्रदेश प्रमुखको रूपमा पठाएको थियो । पूर्वसचिव समेत रहेका झा मधेस प्रदेश निवासी हुन् । यादव मधेस प्रदेशको सिराहा जिल्ला निवासी हुन् भने शेरचन बागमती प्रदेशवासी हुन् । अहिले सरकारले लुम्बिनी प्रदेशवासी घर्ती मगरलाई प्रदेश प्रमुख बनाएपछि आफूहरू खुसी भएको रोल्पाका कांग्रेसका नेता मानबहादुर खत्रीले रातोपाटीलाई बताए । खत्रीले आफ्नो ठाउँको व्यक्तिलाई सरकारले प्रदेश प्रमुख बनाउँदा प्रदेशको हित र प्रदेशवासीप्रति भावनात्मक सम्बन्ध रहने बताए ।
यस्तै दाङका अधिकारकर्मी सुशील बस्नेतले संघीयता लागू भएको ७ वर्षमा पहिलो पटक आफ्नो प्रदेशवासीलाई प्रमुखको रूपमा पाउनु खुसीको विषय भएको बताए । लुम्बिनी प्रदेशमा ७ वर्षमा ४ जना प्रदेश प्रमुख भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण