कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर
कपिलवस्तु । स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको होे ।
स्वास्थ्य शिविरमा करिब ४५० जना बिरामीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी, छाला तथा यौन रोग लगायतको रोगहरूको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रस्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।
यस शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरूको जाँच गराएका बिरामीहरूले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचारसमेत गर्ने ट्रस्ट का अध्यक्ष गोयलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण