छुट्टाछुट्टै ठाउँमा ८ जना मृत फेला
शनिबार, १९ साउन २०८१, १८ : २९
काठमाडौँ । देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ हरिपैरीस्थित खोलाको किनारमा सोही उपमहानगरपालिका-४ खाद्रे बस्ने ५५ वर्षीया सिता आले शनिबार मृत अवस्थामा फेला परेकी छिन् । सोही उपमहानगरपालिका-४ स्थित रहेको बेचनी खोलाले शुक्रबार राति तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा.ह ६४०५५ नम्बरको अटोसहित २ जना यात्रुहरू बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खाद्रे र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । हाल बेपत्ता अन्य १ जना यात्रुको प्रहरीले खोजी गरिरहेको छ ।
- सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-७ खनियाबास बस्ने ७२ वर्षीया रत्नकुमारी थापा आफ्नै घरभित्रको मझेरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- झापा, भद्रपुर नगरपालिका-६ भानुचोक बस्ने ६८ वर्षीया फुलदेवी साह आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- भक्तपुर, भक्तपुर नगरपालिका-६ चोछेस्थित चोमा गणेश मन्दिरको पाटीमा सोही ठाउँ चोछे घर भएका ६२ वर्षीय प्रदिप पालिखे शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, लालबन्दी नगरपालिका-७ घिसिङ्ग टोल बस्ने ६१ वर्षीय खिलराज खड्का लालबन्दी नगरपालिका-८ स्थित साझेदारी वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-६ कठहवास्थित बाटो छेउमा भारत महाराजगंज बैथौलीया बस्ने ५५ वर्षीय बैजनाथ मधेसिया शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बर्दिया, ठाकुरबाबा नगरपालिका-९ हात्तिसारस्थित खौराह खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण