कोटेश्वर क्षेत्रको बागमतीबाट एक दशमलव पाँच मेट्रिक टन फोहोर व्यवस्थापन
काठमाडौँ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरू भएको बागमती सफाइ महाअभियानको पाँच सय ८६ औँ हप्तामा कोटेश्वर महादेव मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको छ ।
सफाइबाट एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको उनले सुनाए ।
सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, वाग्मती प्रदेशका सचिव गोविन्द कार्की, सुविधानगर सामुदायिक समितिका अध्यक्ष सुमित्रा कडरिया, स्थानीयवासी, सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्रबहादुर सुनुवार, रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक रामशरण कार्की, बानेश्वर महिला वातावरण प्रालि, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारी एवं वाग्मती सफाइ अभियानकर्मीको सहभागिता रहेको थियो ।
अर्को शनिबार पाँच सय ८७ औँ हप्ताको सफाइ सुन्दरीघाटस्थित त्रिभुवन विश्वविद्यालय नजिकको झोलुङ्गे पुल क्षेत्रमा गरिने महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते सुरू भएको महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर हुँदै आएको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरू भएको छ ।
हाल वाग्मतीका प्रायः सबै सहायक नदीका साथै चक्रपथको उत्तर र पश्चिमी खण्डमा पनि सफाइ अभियान भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ अभियान सुरू भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण